रास्वपाले तोक्यो सांसदको उपस्थिति तालिका
canadanepal.com · Thu Sep 24 05:07:29 GMT 2026

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधिसभा बैठकमा सांसदहरूको नियमित तथा प्रभावकारी उपस्थिति सुनिश्चित गर्न समूहगत न्यूनतम उपस्थिति तालिका निर्धारण गरेको छ।
मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार समूहका आधारमा आजदेखि असोज १६ गतेसम्म विभिन्न समूहका सांसद अनिवार्य रूपमा उपस्थित हुनुपर्ने छ। समूह निर्धारण नगरिएका सांसद पनि संसद् बैठकमा उपस्थित हुनुपर्ने छ। विशेष अवस्थामा बाहेक संसदमा उपस्थिति सबैका लागि सधैँ बाध्यकारी हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)