ईभी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
ratopati.com · Thu Sep 24 05:11:08 GMT 2026

रौतहट । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको धनसार–जङ्गलसहिया सडकखण्डमा ईभी गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार एकजना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार मृत्यु हुनेमा फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तियाका २० वर्षीय सन्देश यादव रहेका छन् । घाइते हुनेमा कटहरिया नगरपालिका–८, बलुवा टोलका २० वर्षीय राजगीर यादव रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)