काठमाडौँ उपत्यकाको करिडोरमा जोखिम अवधिभर सवारीसाधन पार्किङ गर्न निषेध
ratopati.com · Thu Sep 24 05:13:27 GMT 2026

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि चार दिनसम्म वर्षा हुने अनुमान सार्वजनिक गरेपछि उपत्यकामा पूर्व सचेतना अपनाउन थालिएको छ । विभागले बिहीबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सतर्क रहन भनेको छ ।
वर्षासँगै उपत्यकाको नदी करिडोरमा बहाव बढ्न सक्ने आकलन गरेर ट्राफिक प्रहरीले करिडोर क्षेत्रमा पार्किङ गर्न रोक लगाएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका जोखिम युक्त करिडोर क्षेत्रमा पार्किङ निषेध गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)