अकबरे खुर्सानीमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा
khabarhub.com · Thu Sep 24 05:14:18 GMT 2026

भोजपुर– भोजपुरमा व्यावसायिक रूपमा लगाइएको अकबरे खुर्सानीमा ‘कोत्रे’ (डढुवा) रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् । फल टिप्ने र पाक्ने समयमा खुर्सानीमा डढुवा लाग्ने, कीरा पर्ने, बोट सुक्ने जस्ता रोग फैलिएपछि कृषक समस्यामा परेका हुन् ।
भोजपुर नगरपालिका–५ बोखिमका अगुवा किसान अनिल श्रेष्ठले खुर्सानीको आधा पाटो सुक्ने ‘कोत्रे’ अर्थात् डढुवा रोग देखा परेको बताए । यो रोगको सङ्क्रमण सुरु भएको एक साता नपुग्दै बारीको खुर्सानी पूर्ण रूपमा नष्ट हुने भएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)