एफएनसीसीआईको यातायात समितिमा पौडेल
annapurnapost.com · Thu Sep 24 05:02:00 GMT 2026

काठमाडौं : अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआईँ) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनयन गरिएको छ।
एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य लीलेन्द्रप्रसाद प्रधानको सभापतित्वमा गठित यातायात तथा पारवहन समितिको उपसभापतिमा पौडेललाई मनोनयन गरेको हो। महासंघले यातायात तथा पारवहन क्षेत्रका चुनौती समाधान, व्यापार सहजीकरण तथा महासंघका कार्यक्रमलाई प्रभावकारी बनाउन पौडेलको अनुभव, ज्ञान र सक्रिय सहभागिताबाट महŒवपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)