प्रतिनिधिसभा बैठक बस्दै
annapurnapost.com · Thu Sep 24 05:09:12 GMT 2026

काठमाडौं : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहीबार बिहान ११ बजे बस्दैछ। संसद सचिवालयका अनुसार बैठकमा महत्त्वपूर्ण विधेयकहरू पेश गर्ने कार्यसूची रहेको छ।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्नेछिन्। अनुमति प्राप्त भएसँगै उनले सो विधेयक सदनसमक्ष प्रस्तुत गर्ने कार्यतालिका छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)