युक्रेन युद्धमा ४७ देशका नागरिक संलग्न भएको जेलेन्स्कीको दाबी
barnanmedia.com · Thu Sep 24 05:01:55 GMT 2026

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका नागरिकलाई लडाकूका रूपमा प्रयोग गरिरहेको दाबी गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै उहाँले रुससँग सैन्य सहकार्य गरिरहेको उत्तर कोरियाका दुई सैनिकलाई युक्रेनले पक्राउ गरी दक्षिण कोरिया पठाएको जानकारी दिनुभयो ।
जेलेन्स्कीले घाना, नेपाल र भारतलगायत देशका नागरिक रुसी पक्षबाट युद्धमा संलग्न रहेको दाबी गर्नुभयो । उहाँका अनुसार सन् २०२५ मा रुसको कुर्स्क क्षेत्रमा पक्राउ परेका दुई उत्तर कोरियाली सैनिकलाई हालै दक्षिण कोरिया पठाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)