आज कोशीदेखि लुम्बिनीसम्म भारी वर्षाको सम्भावना
newsofnepal.com · Thu Sep 24 05:15:03 GMT 2026

काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले आज (८ असोज) कोशीदेखि लुम्बिनी प्रदेशसम्मका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार कोशी प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । पहाडी क्षेत्रमा पनि धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा मध्यम वर्षासँगै थोरै स्थानमा भारी वर्षा र हावाहुरीको सम्भावना छ । मधेश प्रदेशको तराई क्षेत्रमा पनि साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ । रातिको समयमा एक–दुई स्थानमा भारी वर्षा र हावाहुरीको सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)