मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थानीय तहलाई पनि ऋणपत्र जारी गर्ने अधिकार दिइँदै

ekantipur.com · Mon Aug 15 00:57:23 GMT 2022

काठमाडौँ — स्थानीय तहले पनि ऋणपत्र जारी गरेर आन्तरिक ऋण उठाउने अधिकार पाउने भएका छन् । हाल संघीय र प्रदेश सरकारले मात्रै यो अधिकार पाइरहेका छन् । संसद्मा विचाराधीन ‘सार्वजनिक ऋण व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मार्फत यस्तो व्यवस्था ल्याउन लागिएको हो ।

प्रतिनिधिसभा बैठकमा आइतबार अर्थमन्त्री जनार्दन शर्माले ‘अर्थ समितिको प्रतिवेदनसहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक ०७६’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची थियो । तर गणपूरक संख्या नपुगेपछि उक्त प्रस्ताव पेस हुन पाएन । संसद् बैठक मंगलबारसम्मका लागि स्थगन गरिएको छ । आइतबारको कार्यसूचीमा भएका प्रस्ताव मंगलबार प्रतिनिधिसभामा पेस भए सम्भवतः सार्वजनिक ऋण व्यवस्थापनसम्बन्धी विधेयकमाथि पनि छलफल हुनेछ । अर्थ समितिले तयार पारेको प्रतिवेदनअनुरूप नै विधेयक पारित भए आन्तरिक ऋण उठाउन स्थानीय सरकारले पनि अधिकार पाउनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)