अन्तिम गीत : रंगकर्मीको रित्तोपन
onlinekhabar.com · Thu Sep 24 05:16:46 GMT 2026

नाटक सकिन्छ । मञ्चका बत्तीहरू निभ्छन् । दर्शकहरू कलाकारको प्रशंसा गर्दै आआफ्नो घरतिर लाग्छन् । मञ्चमा के बाँकी रहन्छ ?
नेपाल-रुस रंग सप्ताहको अवसरमा कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा मञ्चन भइरहेको अन्तिम गीत ले यही प्रश्नको उत्तर खोज्ने प्रयास गरेको छ । यो रुसी साहित्यकार अन्तोन चेखभको चर्चित नाटक हो । महेश पौड्यालले नेपाली रूपान्तरण गरेको यो नाटकलाई शैली थिएटरका नवराज बुढाथोकीले निर्देशन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)