सीता एयरको जहाजको पाङ्ग्रा खुस्कियो, यात्रुहरू सकुशल [तस्बिरहरू]
hamrakura.com · Thu Sep 24 00:00:00 GMT 2026

सुर्खेत । डोल्पाको जुफाल विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पछाडितर्फको दायाँ पाङ्ग्रा खुस्किएको छ । जहाजमा रहेका १३ जना यात्रु भने सकुशल रहेका छन् । नेपालगञ्जबाट जुफालका लागि उडेको जहाज आज बिहान ८ः२५ बजे अवतरण गर्ने क्रममा धावनमार्गमा पाङ्ग्रा खुस्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल राज गिरीका अनुसार जहाजमा सात जना विदेशी र छ जना नेपाली गरी १३ जना यात्रु थिए। यात्रुमध्ये ११ जना पुरुष र दुई जना महिला रहेका थिए। सबै यात्रु सकुशल रहेको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)