रुविन पहिलो चरणबाटै बाहिरिए
baahrakhari.com · Thu Sep 24 05:19:17 GMT 2026
काठमाडौं । नेपालका टेबलटेनिस खेलाडी रुविन महर्जन जापानमा जारी २०औँ एसियाली खेलकुदमा मकाउका टिन लान माकसँग पराजित भएका छन् । लान टिनले रुविनलाई ४–१ ले हराएका हुन् । योसँगै उनी पहिलो चरणबाटै बाहिरिएका छन् ।
उनले पहिलो सेट ११–५ र दोस्रो चरण १३–११ ले गुमाए । तेस्रो सेट उनले ९–११ ले जिते । चौथो र पाँचौँ सेटमा क्रमशः ११–३ र १२–१० को हार व्यहोरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)