युक्रेन युद्धमा ४७ देशका नागरिक संलग्न भएको जेलेन्स्कीको दाबी
ratopati.com · Thu Sep 24 05:22:11 GMT 2026

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका नागरिकलाई लडाकूका रूपमा प्रयोग गरिरहेको दाबी गरेका छन् । संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै उनले रुससँग सैन्य सहकार्य गरिरहेको उत्तर कोरियाका दुई सैनिकलाई युक्रेनले पक्राउ गरी दक्षिण कोरिया पठाएको जानकारी दिए ।
जेलेन्स्कीले घाना, नेपाल र भारतलगायत देशका नागरिक रुसी पक्षबाट युद्धमा संलग्न रहेको दाबी गरे । उनका अनुसार सन् २०२५ मा रुसको कुर्स्क क्षेत्रमा पक्राउ परेका दुई उत्तर कोरियाली सैनिकलाई हालै दक्षिण कोरिया पठाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)