डोल्पामा कसरी हुन पुग्यो सीता एयरको विमान दुर्घटना ?
ratopati.com · Thu Sep 24 05:20:17 GMT 2026

काठमाडौं । नेपालगन्जबाट डोल्पा गएको सीता एयरको जहाज डोल्पा विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा ल्याडिङ गियरमा क्षति पुगेको छ । जहाजमा रहेका १३ यात्रु र तीन जना चालक दलका सदस्य सबै सकुशल रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार बिहीबार बिहान ८ः२५ बजे सीता एयरको डोर्नियर जहाज डोल्पा विमानस्थलको धावनमार्गमा अवतरण गर्ने क्रममा ल्याडिङ रोलका बेला ल्याडिङ गियरमा समस्या आएको हो । त्यसपछि जहाज धावनमार्गमै रोकिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)