डोल्पामा अवतरणको क्रममा जहाजको पांग्रा खुस्किएपछि…
kendrabindu.com · Thu Sep 24 05:24:22 GMT 2026

काठमाडौं । नेपालगञ्जबाट डोल्पाको जुफालका लागि उडेको सीता एयरको जहाज अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ। बिहीबार बिहान जुफाल विमानस्थलमा अवतरणका क्रममा जहाजको पछाडिको दायाँतर्फको टायर खुस्किएपछि जहाज अनियन्त्रित भएर रनवेमै रोकिएको हो।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार ९एन–एजेएच कलसाइनको जहाज बिहान ८ बजेर २५ मिनेटमा जुफाल विमानस्थलमा अवतरण गरेको थियो। अवतरणका क्रममा टायर खुस्किएपछि जहाज धावनमार्गमा चिप्लिएर रोकिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)