प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग
reportersnepal.com · Thu Sep 24 05:24:58 GMT 2026

दमौली (तनहुँ), ८ असोज । तनहुँ ख्रिष्टियन समाजले भोटेकोशी बाढी प्रभावितका लागि रु दुई लाख सहयोग प्रदान गरेको छ ।
समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम दाखिला गरेको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बताए । समाजका अध्यक्ष कृष्णदेव श्रेष्ठले “बाढीपीडितको राहत र पुनःस्थापनाका लागि सरकारसँग हामी पनि छौँ भन्ने सन्देश दिन सहयोग गरेका हौँ”, भने । प्रमुख जिल्ला अधिकारी तिवारीले प्राप्त सहयोगप्रति आभार व्यक्त गरे । यसैबीच, व्यास नगरपालिकाले भोटेकोशी बाढीपीडितको सहायतार्थ राहत कोष सञ्चालन स्थापना कोष स्थापना गरेको छ । कोषमा रु तीन लाख सङ्कलन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)