काभ्रेको रोशी खोला तर्ने क्रममा फसेको बस निकालियो
ratopati.com · Thu Sep 24 05:26:53 GMT 2026

काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका–७ स्थित कटुन्जेमा रोशी खोला तर्ने क्रममा यात्रुवाहक बस फसेको छ । बिहीबार कटुन्जेबाट थानसिंह जाने भित्री सडक खण्डबाट रोशी खोला तर्ने क्रममा यात्रुवाहक बस फसेको हो । सशस्त्रको विपद् व्यवस्थापन वेश भकुण्डेवेशी र प्रहरी चौकी भकुण्डे बेशीबाट खटिएको टोलीले बस निकालेका छन् ।
जेसिबीको प्रयोग गरेर बसलाई खोलाबाट निकालिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले रातोपाटीलाई बताए । बसमा सवार यात्रुहरू सकुशल छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)