नेपाल–आइसल्यान्ड परराष्ट्रमन्त्रीबीच भेटवार्ता
nepalnews.com · Thu Sep 24 05:27:32 GMT 2026

काठमाडौं। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र आइसल्यान्डका परराष्ट्रमन्त्री पोर्गदर क्याट्रिन गुनार्सदोतिरबीच भेटवार्ता भएको छ।
मन्त्री खनालको निजी सचिवालयका अनुसार दुवै मन्त्रीले जलवायुजन्य विपद् तथा जोखिम न्युनीकरणमा साझेदारीलगायत विषयमा छलफल गरेका थिए। उनीहरूले भोटेकोशी बाढी तथा त्यसपछिका पुनःस्थापना, पुनर्मिलन तथा पुनर्निर्माणका लागि सरकारका सबै तह तथा समाजका सबै पक्षको समन्वित प्रयास आवश्यक रहेकामा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)