अविरल वर्षापछि बाढीको डर, काठमाडौँसहित ६५ जिल्ला ‘रेडजोन’मा
himalpress.com · Thu Sep 24 05:25:16 GMT 2026

काठमाडौँ- निरन्तरको वर्षाले सानादेखि ठूलासम्म नदीहरू आज बढ्ने पूर्वानुमान छ। बुधबार रातिदेखि आइरहेको वर्षाले खोलामा प्रवाह बढाउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाब सतर्कता तहभन्दा तलै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
तर वर्षासँगै ती नदीको बहाब बढ्दै जाने सम्भावना रहेको बाढी महाशाखाले जानकारी दिएको छ। आज काठमाडौँसहित ६५ जिल्ला र यस आसपासका अन्य ससाना नदीमा पनि बाढीको बहाब उल्लेख्य बढ्ने र जोखिम निम्तिने सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)