मोटरसाइकललाई ठक्कर दिएर भागेका मिनी ट्रकका चालक पक्राउ
annapurnapost.com · Thu Sep 24 05:19:23 GMT 2026

विराटनगर : मोरङको धनपालथान गाउँपालिकामा मिनी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा धनपालथान गाउँपालिका–४ का अन्दाजी ४० वर्षीय प्रकाश मण्डलको ज्यान गएको हो ।
हुलाकी सडकअन्तर्गत आनन्द इँटाभट्टानजिकै बुधबार राति करिब ८ :५५ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । रंगेलीबाट विराटनगरतर्फ आउँदै गरेको मे १ क २१० नम्बरको मिनी ट्रकले सडकमा रोकिराखिएको को ३ प २१८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)