महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत
nepalpress.com · Thu Sep 24 05:26:09 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत गठित यातायात तथा पारवहन समितिको उपसभापतिमा अटोमोबाइल व्यवसायी मेघराज पौडेल मनोनीत भएका छन्।
महासंघका कार्यकारिणी समिति सदस्य लिलेन्द्रप्रसाद प्रधानको सभापतित्वमा गठित उक्त समितिमा पौडेललाई उपसभापतिको जिम्मेवारी दिइएको हो । यातायात तथा पारवहन क्षेत्रका चुनौती समाधान, व्यापार सहजीकरण एवं महासंघका गतिविधिलाई प्रभावकारी बनाउन पौडेलको व्यावसायिक अनुभव र सक्रियताले महत्त्वपूर्ण योगदान पुग्ने विश्वास महासंघले लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)