सेयरको कर नीतिबारे सरकारको स्पष्टीकरण
onlinekhabar.com · Wed May 31 16:51:38 GMT 2023
१७ जेठ, काठमाडौं । आन्तरिक राजस्व विभागले धितोपत्रको नियमित व्यवसायिक कारोबार गर्ने प्राकृतिक व्यक्तिलाई प्रदान गरिएको छुट सुविधाका विषयमा लिएको कर नीतिमा लगानीकर्ता द्विविधा उत्पन्न भएको बताएको छ । नेपाल इनभेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पूाजीबजार लगानीकर्ता संघको संयुक्त प्रेस विज्ञप्ति समेत प्राप्त भएको विभागले जनाएको छ ।
‘नियमित व्यवसायको रुपमा नभई पटके रुपमा लगानी गरेको धितोपत्र विक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको छ,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पूँजीगत लाभ कर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन नभएको व्यहोरा सम्बन्धित लगानीकर्ता एवम् सर्वसाधारणको जानकारीको लागि यो सूचना जारी गरिएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)