मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

७७ ओटै जिल्लामा ग्लोबल आइएमई बैंक

abhiyandaily.com

काठमाडौं (अस) । ग्लोबल आइएमई बैंकका शाखा मुलुकका ७७ ओटै जिल्लामा पुगेका छन् । यसअघि डोल्पाबाहेक सबै जिल्लामा शाखा रहेको बैंकले डोल्पामा पनि शाखा सञ्चालनमा ल्याएको छ । डोल्पाको ठुलीभेरी नगरपालिका–३ दुनै बजारमा शाखा सञ्चालनमा ल्याएसँगै ग्लोबल आईएमईको बैंकिङ सेवा देशभर पुगेको हो ।

दुनै शाखा सञ्चालनमा आएसँगै ग्लोबल आईएमई मुलुकका सबै जिल्लामा सेवा दिने निजीक्षेत्रको पहिलो बैंक बनेको दाबी गरिएको छ । साथै, मुलुकभर आफ्ना २८९ शाखा सञ्चालनमा रहेको बैंकले बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)