पाकिस्तानले किन माग्यो अमेरिकासँग १० अर्ब डलरको मुद्रा स्थिरीकरण सुविधा ?
baahrakhari.com · Thu Jul 23 16:26:10 GMT 2026

काठमाडौं । पाकिस्तान मध्यपूर्वमा आफ्नो बढ्दो कूटनीतिक महत्त्वको लाभ उठाउने प्रयासमा छ । पाकिस्तानले आफ्नो कमजोर अर्थतन्त्रलाई टेवा दिन १० अर्ब अमेरिकी डलरको मुद्रा स्थिरीकरण सुविधा (एक्सचेन्ज स्टेबिलाइजेसन फेसिलिटी) उपलब्ध गराइदिन डोनाल्ड ट्रम्प प्रशासनसँग गोप्य रूपमा आग्रह गरेको रोयटर्सलाई उद्धृत गर्दै टाइम्स अफ इन्डिया ले जनाएको छ ।
ट्रम्प प्रशासनसँग विकसित भएको कूटनीतिक सम्बन्धलाई आर्थिक सहयोगमा रूपान्तरण गर्ने पाकिस्तानको प्रयासप्रति अर्थशास्त्रीहरूले शंका व्यक्त गरेको द स्ट्रेट टाइम्स ले जनाएको छ । उनीहरूका अनुसार, यस्तो नयाँ वित्तीय सहयोगले पाकिस्तानले लामो समयदेखि टार्दै आएका संरचनात्मक आर्थिक सुधारलाई सम्बोधन गर्न खासै मद्दत पुर्याउने सम्भावना कम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)