सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
lokaantar.com

सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो कसरी बाल्ने भन्ने पिरलो बढ्दै गएको छ। भेरी, राप्ती, मनकामना, रेडियन्टलगायत ग्यास सुर्खेतमा आउने गरे पनि पछिल्लो समय यहाँ लाइनमा लागेर पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसक्ने अवस्था सिर्जना भएको छ।
निरन्तर चार दिनसम्म धाएर पनि आफूले ग्यास पाउन नसकेको स्थानीय उपभोक्ता शर्मिला बुढाले पीडा पोखिन्। “ग्यास लिन राति २:०० बजेदेखि लाइनमा लागे पनि पाउन सकिएन,” पीडा पोख्दै बुढाले भनिन्, “यहाँ त पहुँच र पावर भएकाले मात्र ग्यास पाउने गरेका छन्।” प्रति भरिएको सिलिण्डर दुई हजार ६० रुपैयाँ पर्ने भए पनि रिटेलर व्यापारीहरूले दुई हजार ४०० रुपैयाँसम्म बिक्री गर्ने गरेको र त्यही मूल्यमा पनि ग्यास पाउन धौधौ भएको उनले दुखेसो गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)