आईजीपी रनिङ ट्रफी सुरु
ekantipur.com · Wed Dec 07 16:36:02 GMT 2022
काभ्रे — २८ औं अन्तरस्कुल आईजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता बुधबार सुरु भएको छ । नेपाल प्रहरी विद्यालयको आयोजनामा सुरु प्रतियोगिताको प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापाले उद्घाटन गरे ।
प्रतियोगितामा १५ विद्यालयका १६ टिम सहभागी छन् । विजेताले ५० हजार, दोस्रोले ४० हजार र तेस्रो हुनेले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । म्यान अफ द म्याच, हाइस्कोरर, प्लेयर अफ द टुर्नामेन्टलाई पनि पुरस्कृत गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)