सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
ratopati.com · Thu Jul 23 17:15:59 GMT 2026

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो कसरी बाल्ने भन्ने पिरलो बढ्दै गएको छ । भेरी, राप्ती, मनकामना, रेडियन्टलगायत ग्यास सुर्खेतमा आउने गरे पनि पछिल्लो समय यहाँ लाइनमा लागेर पनि उपभोक्ताले सहजै रूपमा ग्यास पाउन नसक्ने अवस्था सिर्जना भएको छ ।
निरन्तर चार दिनसम्म धाएर पनि आफूले ग्यास पाउन नसकेको स्थानीय उपभोक्ता शर्मिला बुढाले पीडा पोखिन् । “ग्यास लिन राति २ः०० बजेदेखि लाइनमा लागे पनि पाउन सकिएन”, पीडा पोख्दै बुढाले भनिन्, “यहाँ त पहुँच र पावर भएकाले मात्र ग्यास पाउने गरेका छन् ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)