बजेट तयारीको समयमा अर्थले गर्यो सहसचिवको सरूवा, बजेट महाशाखा प्रमुखमा शाक्य
baahrakhari.com · Wed Mar 27 10:54:40 UTC 2024

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेट तयारीको समयमा महाशाखा प्रमुख र विभागका महानिर्देशक सरूवा गरेका छन् । मन्त्री पुनले बजेट तथा कार्यक्रम महाशाखा प्रमुखमा राजस्व व्यवस्थापन महाशाखा प्रमुख रितेश शाक्यलाई ल्याएका छन् ।
त्यस्तै, मन्त्री पुनले भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशक पनि फेरेका छन् । मन्त्रालय स्रोतका अनुसार आन्तरिक राजस्व विभागको महानिर्देशकमा शिवलाल तिवारीलाई पठाएका छन् भने भन्सार विभागको महानिर्देशकमा डुण्ढी निरौलालाई पठाएका छन् ।
राजस्व विभागका महानिर्देशक बराललाई भने वन तथा वातावरण मन्त्रालयमा सरूवा गरिएको छ । त्यसैगरी भन्सार विभागको महानिर्देशक रहेका शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तथा तालिम केन्द्रमा पठाइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । तालिम प्रमुख रामप्रसाद आचार्यलाई मन्त्रालय ल्याइएको छ ।
बजेटका उत्तरकुमार खत्रीलाई योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा सरूवा गरेर सो शाखाका धनीराम शर्मालाई राजस्व व्यवस्थापन महाशाखा प्रमुख बनाएका छन् ।
#सहसचिवको सरूवा
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)