सतीदेवी साउन ४ मा रिलिज हुने
gorkhapatraonline.com · Mon May 13 17:04:49 UTC 2024

काठमाडौं, वैशाख ३१ गते । चलचित्र ‘सतीदेवी’को साउन ४ गतेदेखि प्रदर्शन हुने भएको छ । फस्टलुक पोष्टर सार्वजनिक भएदेखि नै चर्चामा रहेको चलचित्रको प्रदर्शन मिति तय गरिएको हो ।
लक्ष्मण सुवेदीको लेखन,निर्माण अनि निर्देशनमा बनेको फिल्मलाई मोफसलम एफडि कम्पनी र राजधानीमा रिच इन्टरटेन्मेन्टले बितरण गर्नेछ । सेन्सर बोर्ड तथा बिशेष प्रदर्शनीबाट उत्कृष्ट प्रतिक्रिया पाएको फिल्मले गत माघमा सौराहमा सम्पन्न सौराह दक्षिण एशियाली चलचित्र महोत्सवमा सर्वोत्कृष्ट चलचित्र र शिव रेग्मी सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)