पुनर्स्थापित प्रतिनिधिसभाकाे बैठक आज बस्दै, के-के छन् कार्यसूची ?
news24nepal.tv · Sun Jul 18 01:24:14 GMT 2021
काठमाडौँ । सर्वोच्च अदालतको आदेशानुसार पुनस्र्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अदालतको आदेशअनुसार नै राष्ट्रपति विद्यादेवी भण्डारीले आज (साउन ३ गते) अपराह्न ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।
अन्तराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्ने बैठकका लागि संसद सचिवालयले कार्यसूची तोकेको छ । सभामुख अग्निप्रसाद सापकोटाले पुनस्र्थापित संसद् धेरै हिसाबले ऐतिहासिक, बहुआयामिक र दूरगामी महत्वको रहेको बताउँदै यसका लागि दलहरुबीच एकता हुनु जरुरी रहेको बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)