भेनेजुएलाकी कार्यवाहक राष्ट्रपतिसँग मोदीको भेटवार्ता
onlinekhabar.com · Thu Jun 04 12:45:57 GMT 2026

२१ जेठ, काठमाडौं । भारत भ्रमणमा रहेकी भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रीगेज र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । पाँच दिने भारत भ्रमणमा रहेकी रोड्रीगेज र मोदीको बिहीबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको हो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले दुई नेताबीच व्यापक कुराकानी भएको प्रतिक्रिया दिएका छन् । ‘दुवै नेताले भारत–भेनेजुएला सम्बन्धका सबै क्षेत्रको समीक्षा गर्नुभयो,’ जयसवालले एक्समा लेखेका छन्, ‘ऊर्जा, व्यापार, लगानी, स्वास्थ्य सेवा र अटोमोबाइल्सहित कैयौं क्षेत्रमा सहयोग बढाउने नयाँ सम्भावनाको चर्चा गरियो ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ
डेल्सी रोड्रिगेज