मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लालबन्दीमा पहिलो पटक गुनासो सुनुवाई कार्यक्रम गरियो

rajdhanidaily.com · Thu Jul 06 23:12:41 GMT 2023

लालबन्दी । सर्लाहीका लालबन्दी नगरपालिकाले पहिलो पटक नागरीक गुनासो सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाकै सहयोग तथा हरिपुरमा रहेको मनकामना सामुदायिक सञ्चार संस्थाको आयोजनामा लालबन्दी ६ स्थित नगरपालिकाको पुरानो कार्यालय भवनको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

लालबन्दी नगरपालिकाका प्रमुख मेयर बासुदेव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर कल्पनामाया पाख्रिन र विभिन्न वडाका वडाअध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत लगायतको आतिथ्यता रहेको कार्यक्रममा नगरका विभिन्न वडाबाट एक सयभन्दा बढीको उपस्थिति रहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)