सम्पत्ति शुद्धीकरण निवारण विधेयक प्रतिनिधिसभाबाट स्वीकृत
aarthiknews.com

काठमाडौं । प्रतिनिधिसभाले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई सर्वसम्मतिले विचारार्थ स्वीकृत गरेको छ।
आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले अध्यादेशलाई प्रतिस्थापन गर्न सरकारले ल्याएको उक्त विधेयकलाई सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत गरेको हो। अब विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्न चाहने सांसदहरूले संघीय संसद् सचिवालयको विधेयक शाखामा प्रस्ताव पेस गर्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)