एनआईसी एशियामा अनलाइन खाता खोल्ने ग्राहकलाई छूट
abhiyandaily.com
काठमाडौं (अस) । एनआईसी एशिया बैंकले अनलाइन खाता खोल्ने ग्राहकलाई आकर्षक छूट दिने भएको छ । बैंकले अनलाइन मार्फत बचत खाता खोल्ने ग्राहकलाई विभिन्न ईकमर्शहरूबाट वस्तु तथा सेवाको खरीदमा ५ हजार रुपैयाँसम्म छूट उपलब्ध गराइने जानकारी दिएको हो ।
बैंकले दराज, ग्यापु, सस्तोडिल, भोजमाण्डु, फुड बाइट किकर, यस्जी बजार, खानपिन लगायतका ईकमर्शबाट सामान खरीदमा उक्त छूट दिनेछ । त्यस्तै ट्याक्सीमाण्डु, यती एयरलाइन्स, सोनी लाइभ र अल्ट बालाजी अनलाइन प्लेटफर्महरूमा डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्दा ग्राहकले २० प्रतिशतसम्म छूट पाउने बताइएको छ । उक्त योजना २०७९ असार मसान्तसम्म लागू हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)