भारतमा ‘जेन–जी’ प्रदर्शन: जन्तर–मन्तरमा उत्रिए ‘कक्रोच’ समर्थक
annapurnapost.com · Sun Jun 07 01:29:03 GMT 2026

नयाँ दिल्ली (बीबीसी): नयाँ दिल्लीको जन्तर–मन्तरमा शनिबार ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले विरोध प्रदर्शन गरेको छ। भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै सीजेपीले गरेको प्रदर्शन सामान्य झडपबाहेक शान्तिपूर्ण रह्यो।
शनिबार बिहान मात्रै सीजेपीका संस्थापक अभिजित दीपके अमेरिकाबाट दिल्ली आइपुगेका थिए। दिल्ली ओर्लनेबित्तिकै उनले जन्तर–मन्तर पुगेर शिक्षामन्त्रीको राजीनामा माग गर्दै प्रदर्शनको नेतृत्व गरेका थिए। प्रदर्शनमा प्रख्यात पर्यावरण कार्यकर्ता तथा शिक्षाविद् सोनम वाङचुक पनि ऐक्यबद्धता जनाउन सहभागी भएका थिए।जन्तर–मन्तरमा जम्मा भएका युवाहरूको विशाल भीडलाई सम्बोधन गर्दै अभिजित दीपकेले सरकारको कडा आलोचना गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)