महिलामन्त्री सुडीको सम्पत्तिमा १२ बोरको बन्दुक
shilapatra.com · Thu Aug 14 17:01:00 GMT 2025

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवकिशोर साह सुडीसँग निजी बन्दुक रहेको खुलासा भएको छ। मन्त्री सुडीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा १२ बोरको बन्दुकलाई अन्य सम्पत्तिको शीर्षकमा उल्लेख गरेका छन्। उनले उक्त बन्दुक निजी सुरक्षाका लागि प्रयोग गर्ने र यो १२ बोरको बन्दुक रहेको जनाएका छन्।
भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान छ। मन्त्रिपरिषद्का सदस्यहरूको हकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पत्ति विवरण पेस गर्नुपर्छ। यस्तो विवरणमा सम्पत्ति प्राप्त गरेको मिति, स्रोत र मूल्य खुलाउनुपर्ने व्यवस्था छ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)