गाउँमा स्वास्थ्यकर्मी जाँदा भागाभाग
annapurnapost.com · Thu May 20 06:53:00 GMT 2021
इटहरी : स्थानीयको एन्टिजेन परीक्षण गर्न इटहरी–३ को सुनौलो बस्ती पुगेको टोली त्यतिबेला अचम्मित भयो, जतिबेला स्थानीय भागाभाग गर्न थाले।
इटहरी उपमहानगरपालिका, इटहरी अस्पताल र प्रहरीसहितको टोली मंगलबार दिउँसो १२ बजे पुग्दा कोही घरबाट बाहिरै निस्केनन्, कोही खोला पारि भागे। टोलीले तीन घण्टा लगाएर एन्टिजेन परीक्षणका लागि मुस्किलले ९ जनालाई भेला गर्यो। इटहरी अस्पतालका कर्मचारी विशाल दाहालले भने, ‘कोही भाग्ने, कोही त मलाई केही भएको छैन भनेर तर्कने, परीक्षण गराउनै नचाहने।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)