आयुर्वेद उपचार पद्धतिमा बिरामीको आकर्षण बढ्दै
deshsanchar.com · Thu Aug 14 17:07:51 GMT 2025

हुम्ला – हिमाली जिल्ला हुम्लामा आयुर्वेद उपचार पद्धतिमा बिरामीको आकर्षण बढ्दै गएको छ। सबै खाले रोगको उपचार गर्दा औषधीहरु निशुल्क पाउने र अन्य असर नपर्ने जानकारी पाइने भएपछि बर्षेनी आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामी आउने क्रम बढ्दै गएको हो।
सिमकोट गाउँपालिका – ५ की बाथ रोगकी बिरामी लालकला बोहराले आफुले पछिल्लो एक वर्षदेखि नियमित रुपमा आयुर्वेद उपचार पद्धति गरि रहेको बताइन्। जिल्ला अस्पताल धाउदा धाउदा घुँडा दुख्ने समस्या समाधान नभएपछि आयुर्वेद स्वास्थ्य केन्द्रमा जान सुरु गरेको र अहिले केही राहत महशुस भई रहेको उनको भनाई छ। सेवा चाँडो पाउने, औषधी निशुल्क उपलब्ध हुने र आयुर्वेद औषधी गर्दा अन्य असर पनि नदेखिने भएको कारण आफुले यो बिधि रोजेको उनले बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)