अर्जुनखाेलामा पाैडी खेल्ने क्रममा डुबेर दुई बालककाे मृत्यु
deshsanchar.com · Tue Oct 04 12:19:20 GMT 2022
दाङ – दाङमा डुबेर दुई जनाकाे मृत्यु भएको छ। लमही नगरपालिका वडा नम्बर ६ स्थित अर्जुनखाेलमा पाैडी खेल्ने क्रममा डुबेर दुई जना बालककाे मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर रिजर्भ गण अर्जुनखाेलाका प्रहरी नायव निरीक्षक प्रकाश जैसी ढकालले जानकारी दिए।
दिउँसो पाँच जना साथी मिलेर नुहाउन गएका थिए । जसमध्ये दुई जनाकाे मृत्यु भएको हाे । लमही नगरपालिका-४ अर्नहवा निवासी १३ बर्षिय ललित विक र १२ वर्षीय अतित विक डुबेर मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)