सिरियामा अलावी समुदायमाथि भएको हिंसा युद्ध अपराध हुन सक्ने: संयुक्त राष्ट्रसङ्घीय आयोग
ratopati.com · Thu Aug 14 17:36:00 GMT 2025

जेनेभा। सिरियामा यस वर्षको मार्च महिनामा अलावी समुदायप्रति लक्षित हिंसात्मक घटनाहरूमा संलग्न केही क्रियाकलापहरू युद्ध अपराधको श्रेणीमा पर्न सक्ने सम्भावना रहेको संयुक्त राष्ट्रसङ्घीय छानबिन आयोगले आफ्नो प्रतिवेदनमार्फत चेतावनी दिएको छ ।
देशको पश्चिमी भूमध्यसागर तटको अलावी बहुल क्षेत्रमा, तत्कालीन सरकार पक्षधर सुरक्षाकर्मी र तिनीहरूका सहयोगी समूहहरूले नियोजित रूपमा नागरिकहरूलाई लक्षित गर्दै हत्या, यातना, लुटपाट र घर जलाउने जस्ता कार्यहरू गरेका प्रतिवेदनमा भनिएको, जसको प्रत्यक्ष असरमा दशौँ हजार मानिस विस्थापित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)