म्याग्दीको ताकमकोतमा धार्मिक पर्यटक बढे
abhiyandaily.com
म्याग्दी । पूर्वाधार निर्माणसँगै धवलागिरि गाउँपालिका–७ स्थित ताकमकोतमा धार्मिक पर्यटक बढेका छन् । यहाँको प्रमुख शक्तिपीठ मानिने ताकमकोतमा दर्शन र अवलोकनका लागि आउने धार्मिक पर्यटक बढेको ताकमकोतका पुजारी हेमनाथ पौडेलले बताए ।
‘दुई वर्षअघिसम्म सुनसान हुने गर्दथ्यो,’ उनले भने, ‘अहिले दैनिकजसो दर्शनार्थी आउँछन् ।’ नजिकका भक्तजन सडकमार्ग भएर गाडीमार्फत र टाढाका हेलिकोप्टर चढेर आउन थालेको उनले बताए । जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवी–देवताको मूर्ति रहेको यहाँ नवदुर्गा, जेष्ठी पूर्णिमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)