यसरी सम्भव छ बाह्रैमास पर्यटन
deshsanchar.com · Thu Jul 23 16:45:53 GMT 2026

गण्डकी –कुनैताका वर्षायाम र मध्य जाडोमा पोखरामा पर्यटकीय गतिविधि शून्य प्रायः हुन्थ्यो। पोखराको निर्भरता मौसमी पर्यटनमा थियो। यहाँको पर्यटन बजारलाई ‘सिजन’ र ‘अफसिजन’मा छुट्टाउने गरिन्थ्यो। अहिले पोखराको पर्यटन कुनै याममा मात्र सीमित छैन। ‘सबै मौसममा पर्यटन’को लक्ष्यतर्फ पोखरा अग्रसर छ। अहिले वर्षात्को बेला छ। पर्यटन व्यवसायी यसलाई ‘अफसिजन’ भन्न नहुने तर्क गर्छन्। पछिल्लो समय पर्यटक कम आउने यामलाई ‘लो–सिजन’ र मुख्य पर्यटकीय यामलाई ‘हाइ–सिजन’ भन्ने गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)