सभापतिमा शशांक र शेखरले खोजे एकअर्काको समर्थन
onlinekhabar.com · Sat Jul 17 17:40:09 GMT 2021
१ साउन काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा संस्थापन इतरको उम्मेदवार टुंगो लाग्न नसकिरहेका बेला तीन कोइरालाबीच ‘लञ्च मिटिङ’ भएको छ ।
कांग्रेसमा पारिवारिक विरासतमा रुपमा लिइने कोइराला परिवारका नेतात्रय महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यद्वय डा. शेखर कोइराला र सुजाता कोइरालाबीच भेटवार्ता भएको हो । शनिबार महामन्त्री शशांकको निवास महाराजगञ्जमा भएको छलफलमा केन्द्रीय सदस्य दीपक गिरी र पूर्वराज्यमन्त्री दीपक खड्का पनि सहभागी भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)