मन्त्री थापाको निधनको शोकमा प्रदेश १ मा आज सार्वजनिक बिदा
nepallive.com · Thu Nov 10 00:50:00 GMT 2022
मोरङ – प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधनको शोकमा प्रदेश १ मा आज (बिहीबार) सार्वजनिक बिदा दिइएको छ। मन्त्री थापाको बुधबार निधन भएपछि प्रदेश १ सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव अर्जुन निरौलाले मन्त्री थापाको निधन भएको शोकमा सार्वजनिक बिदाका साथै राष्ट्रिय झन्डा झुकाउने निर्णय भएको जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)