रोल्पा पुगेर नेता पुनले भनेः प्रधानमन्त्रीज्यू अलिकति नैतिकता छ भने राजीनामा दिनुस्, नत्र हटाउँछौं
lokpath.com · Wed Apr 14 16:42:32 GMT 2021
रोल्पा । नेकपाका स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीलाई तत्काल राजीनामा दिन सुझाव दिएका छन् । रोल्पाको सुलिचौर पुगेर नेता पुनले भने, ‘अलिकित नैतिकता छ भने राजीनामा दिनुस्, मैले जनतामा जाने संकल्प गरेँ । मेरो लाईन त्यो थियो तर फेल भयो, जनताले रोक्यो, सर्वोच्च अदालतले रोक्यो, प्रतिनिधि सभाको दुई वर्षको कार्यकालमा म केही जिम्मा लिँदैन भन्नुस् । तपाईका अहिलेका कमजोरी, अहिलका आलोचना रातारात पाखालिने छन् । तपाईको व्यक्तित्व अग्लिने छ ।’
प्रथम सुनिल स्मृति गाउँपालिका अध्यक्षकप खेलकुद प्रतियोगितालाई सम्बोधन गर्दै निवर्तमान ऊर्जामन्त्री समेत रहेका रोल्पाका जनप्रतिनिधि पुनले प्रधानमन्त्री ओलीले विकास, राजनीति र सुशासनको गन्तव्यबाट विमुख भएको टिप्पणी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)