हुवावेलाई नेपाल टेलिकमको जिम्मा, खतरामा सुरक्षा
hamrakura.com · Sun Feb 20 00:00:00 GMT 2022
काठमाडौँ। चिनियाँ कम्पनी ‘हुवावे’ का विषयमा विश्वव्यापी विवाद छ। अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले हुवावेलाई कालो सूचीमै राखेका थिए। नेपालमा पनि हुवावेको काम सन्तोषजनक छैन। नेपालको पहिलो दूरसञ्चार कम्पनी नेपाल टेलिकमका कतिपय ठेक्का सन्तोषजनक रूपमा सम्पन्न गर्न नसकेपछि ‘फोर जी’ ठेक्का प्रक्रियामा हुवावेले सहभागिता जनाउन पाएन।
तर,आफू सहभागी हुन नपाए पनि हुवावेले आफू अन्तर्गतकै चाइना कम्युनिकेसन सर्भिस इन्टरनेशनल (सिसिएसआइ)लाई टेन्डर प्रक्रियामा सहभागी गरायो। विश्वव्यापी रूपमा आव्हान गरिएको टेन्डरमा चिनियाँ कम्पनी हुवावेको सिसिएसआइ, जेडटिई र सिंगापुरको मभिनिरको प्रस्ताव पर्यो। त्यस मध्येमा सिसिएसआइको १ अर्बको प्रस्ताव स्वीकृत भयो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)