रामेछापमा स्लो बाइक रेस प्रतियोगिता
ekantipur.com · Sat Jul 08 17:18:39 GMT 2023
रामेछाप — मन्थलीमा शनिबार आयोजित स्लो बाइक रेस प्रतियोगितामा मन्थली ११ गेलुका अनिश थापामगरले प्रथम स्थान हासिल गरेका छन् ।
एमालेको भ्रातृ संगठन राष्ट्रिय खेलकुद महासंघ मन्थली नगर समितिको आयोजनामा भएको प्रतियोगितामा मन्थली ३ कठजोरका अनिष केसी द्वितीय र मन्थली ६ का सन्तोष श्रेष्ठले तृतीय स्थान हात पारेका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश: १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र उपलब्ध गराइएको महासंघले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)