महिला विश्वकपमा आज समूह चरणका खेल सकिँदै
thahakhabar.com
काठमाडौं : फिफा विश्वकप फुटबलमा आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन्। आज समूह एचका अन्तिम खेल हुन लागेका हुन्। समूह एचमा कोलम्बिया र मोरक्को आमने सामने हुँदा जर्मनी र दक्षिण कोरिया भिड्नेछन्। दुवै खेल अष्ट्रेलियामा दिउँसो पौने ४ बजे हुनेछन्।
आजको खेलले समूह चरणबाट नकआउट चरणमा पुग्ने टोलीको टुंगो लाग्ने छ। यो समूहबाट दक्षिण कोरिया अंक विहीन छ। र, समूह चरणबाट बाहिरिसकेको छ। कोलम्बिया ६ अंकसहित शीर्ष स्थानमा रहँदा जर्मनी दुई खेलबाट ३ अंकसहित दोस्रोमा छ। यस्तै मोरक्को पनि ३ अंकसहित तेस्रो स्थानमा छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)