मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ

ratopati.com · Sun Jun 07 01:53:52 GMT 2026

रौतहट । रौतहटमा वन संरक्षणका लागि गस्तीमा खटिएको टोलीमाथि आक्रमण गर्ने गुजरा नगरपालिका २ मैढा गाउँ बस्ने वर्ष २६ का राजकिशोर साहलाई प्रहरी टोलीले वीरगन्जबाट पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र प्रहरी चौकी वीरगन्ज बिर्ताको संयुक्त टोलीले लुकिछिपी बसेको अवस्थामा शनिवार साँझ आरोपी राजकिशोरलाई वीरगन्जबाट पक्राउ गरेको हो।

हाल उनी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी वसन्त गौतमले बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय