मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीले अवरुद्ध दिक्तेल-चखेवाभञ्ज्याङ सडक सञ्चालनमा

nepalsamaya.com · Sun Jun 07 01:53:12 GMT 2026

खोटाङ- बाढीका कारण अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा आएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोलामा आएको भीषण बाढीले उक्त सडक अवरुद्ध बनेको थियो।

मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडक यही जेठ २२ गते वर्षापछि आएको भीषण बाढीले अवरुद्ध बनेको थियो। उक्त सडक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, नेपाली सेनाको रणभीम गण मुडे ब्यारेक, जिल्ला प्रहरी कार्यालय खोटाङ र स्थानीयवासीले सञ्चालनमा ल्याएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)